काठमाण्डौँ — उपल्लो मुस्ताङमा पनि एयरपोर्ट बन्ने भएको छ ।
उचाइका हिसाबले यो नेपालकै दोस्रो अग्लो विमानस्थल हुनेछ।
विमानस्थल समुद्री सतहदेखि तीन हजार ६ सय मिटरको उचाइमा निर्माण हुनेछ ।
यो नेपालको सबैभन्दा अग्लो स्याङबोचे विमानस्थलभन्दा एक सय ४८ मिटर कम उचाइमा निर्माण हुनेछ ।
स्याङबोचे विमानस्थल तीन हजार सात सय ४८ मिटर उचाइमा रहेको छ।
तर, विमानस्थल निर्माणपछि सञ्चालनको हिसाबले यो विमानस्थल देशकै सबैभन्दा अग्लो स्थानमा रहेको विमानस्थल बन्नेछ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियतामा विमानस्थल निर्माण गर्न लागिएको हो।
उक्त क्षेत्रका प्रदेशसभा सदस्य इन्द्रधारा ढाडु विष्टका अनुसार बुधबारदेखि विमानस्थल बनाउन सर्भेको काम थालिएको छ ।
केही समयभित्रै डिपिआर तयार गरेर मन्त्रालयमा बुझाउने र त्यसपछि निर्माणको काम सुरु हुने उनले बताए।
— नागरीक
FACEBOOK COMMENTS