अर्का आकांक्षी अन्जान श्रेष्ठको क्याम्पमा भने उम्मेदवारको कमीले तनाव सृजना
काठमाडौं,फागनु २३ – नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावमा बस्तुगततर्फ उमेशलाल श्रेष्ठले उपाध्यक्षको कार्यकाल दोर्याउने भएपछी बस्तुगत अध्यक्षहरु उत्साहित देखिएका छन् ।
महासंघमा रहेर वस्तुगततर्फ सबल नेतृत्व पस्कदै आएका श्रेष्ठ जुझारु व्यवसायी नेताका रुपमा चिर परिचित छन् । यसपाली २७ जना भन्दा ज्यादा वस्तुगत अध्यक्षहरुले नेपाल उद्योग वाणिज्य महासंघमा बस्तुगत तर्फबाट कार्यकारणी सदस्यका लागि उम्मेदवारीका लागि दाबेदारी पेश गरेका छन् । बस्तुगत परिषद्ले गरेको भेलामा उपस्थित ब्यवसायीहरु बीचको छलफल पस्चात आर्को बैठकमा उमेदवारहरु फाइनल गर्ने जनाएको छ ।
भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले कसले उम्मेदवारी दिने भन्दा पनि कसले महासंघमा बसेर ब्यवसायीक हक हित अनुकुल हुने खालको योजना अघि सार्छ, तिनै मध्येबाट नै उम्मेदवारका रुपमा खडा गरिने बताए । यसपालि बस्तुगतमा श्रेष्ठ समुह शतप्रतिशत नतिजा आउनेमा ठुक्क छ ।
त्यस्तै बस्तुगत उपाध्यक्षमा अर्का आकांक्षी अन्जान श्रेष्ठको क्याम्पमा भने उम्मेदवारको कमीले तनाव सृजना भएको बुझिएको छ । बस्तुगत संघका अध्यक्षहरु अन्जान श्रेष्ठलाई नेता मान्न तैयार देखिदैनन् । बस्तुगत संघका वहुपक्षिय अध्यक्षहरुका अनुसार अन्जान श्रेष्ठको ब्यवासायीक लाइन हेर्दा उनी एसोसियटतर्फ मात्र झुकाव राख्न सक्ने बताईन्छ । बस्तुगत संघ भनेको संघहरुको पनि संघ हो । यसैले पनी अन्जान प्यानललाई यो चुनाव निकैनै महँगो पर्ने देखिन्छ ।
FACEBOOK COMMENTS