नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा बस्तुगत तर्फ उमेशलाल श्रेष्ठको टिम निकै मजबुत देखिएको छ । वस्तुगत तर्फको उपाध्यक्ष पदमा उमेशलाल श्रेष्ठले उम्मेदवारी मनोनयन गरेका छन् । यो उनको दोस्रो कार्यकालको लागि उम्मेदवारी हो । यसपाली पनि उनी दोहरिनेमा कुनै शंका छैन । टिम स्प्रीटमा काम गर्न सक्ने अदभुत खुवी उनमा निहित छ ।
यहि गुणका कारण वस्तुगत संघ सम्बद्ध व्यवसायीहरुको पहिलो रोजाईमा पर्दै आएका छन् श्रेष्ठ । फलतः उनको समुह अर्थात बस्तुगतको संस्थापन पक्ष बलियो बनेको छ । वस्तुगत परिषदलाई नेपाल उद्योग वाणिज्य महासंघको मेरुदण्डको रुपमा लिईन्छ । हरेक संघ संस्थाहरु आफैमा सबल हुन्छन् । यिनै संघ सस्थामा नेतृत्वदायी भुमिका निभाएका व्यक्ति नै वस्तुगत परिषदमा उपाध्यक्ष ,सदस्य भएर आउने भएकाले परिषदलाई महासंघ भित्रको सशक्त पक्ष मानिन्छ ।
हाल परिषदको नेतृत्व श्रेष्ठले गरिरहेका छन् । केहि पुराना अनुहार र केहि नयाँ अनुहारको साथमा श्रेष्ठ पुनः चुनावी मैदानमा उत्रिएका छन् ।
यस समुहमा उद्योग वाणिज्य महासंघलाई सबल नेतृत्व प्रदान गर्न सक्ने क्षमतावान, दिग्गज एवम् सफल व्यवसायीको बाहुल्यता रहेको देख्न सकिन्छ ।निर्वाचनमा होमिएका हस्ती अनुहारहरु यस प्रकार छन् ।
FACEBOOK COMMENTS