काठमाण्डौं, २३ मंसिर -नेपालकै पुरानो र प्रतिष्ठीत औद्योगिक घराना एम.भी.दुगड़ ग्रुपले फड्को मार्दै उर्जा क्षेत्रमा लगानी विस्तार गरेको छ । सोलुखुम्बु र रामेछाप जिल्लाको सिमाना भई बग्ने लिखु नदीमा एम.भी.दुगड़ ग्रुपद्धारा प्रवद्र्धित ३ वटा जलविद्युत आयोजनाहरु निर्माणाधिन अवस्थामा छन् । आयोजना मध्ये सोलुखुम्बु जिल्लामा नुम्बुर हिमालय हाईड्रो पावर प्रा.लि.द्धारा निर्माणाधिन२९.४ मेगावाट विद्युत क्षमताको लिखु ए जलविद्युत आयोजनाको २.५किलोमिटरको सुरुङ्ग तथा सवै भूमीगत संरचनाहरुको निर्माण कार्य ८महिना भित्रै सम्पन्न भएको छ । जलविद्युत आयोजना निर्माणको ईतिहासमा यतीलामो सुरुङ्ग छोटो समयमा पूरा भएको यही नै पहिलो आयोजना हो । कम्पनीका कर्मचारीहरुको अथक परिश्रम र चुस्त व्यवस्थापनका कारण यो उपलब्धी हासिल भएको कंपनीले जनाएको छ । विद्युत उत्पादन पश्चात उक्त विद्युत देवीटार स्थित राष्ट्रिय प्रशारणलाईन न्यू खिम्ती विद्युत सवस्टेशनमा जोडिने छ । र यसका लागी नै कम्पनीका कर्मचारीहरु अहोरात्र खटिरहेका छन् । साथै, नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार, स्थानिय प्रशासन, सरकारी र गैह्सरकारी निकायहरु, स्थानिय जन समुदायहरु, राजनीतिक दलहरु, पत्रकारहरु, कम्पनीका कर्मचारीहरु लगायत सम्पूर्ण वर्गको सदाभैm कम्पनीले आवश्यक सहयोग, सदभाव र माया पाएमा लिखु ए जलविद्युत आयोजनाबाट आगामी २०७७ आषाढ महिना अगावै विद्युत उत्पादन गर्ने लक्ष्य भेट्टाउने दाबी गरेको छ ।
त्यस्त,ै गरी लिखु नदीमा एम.भी.दुगड़ ग्रुप द्धारा प्रवद्र्धित अन्य दुई जलविद्युत आयोजनाहरु ५५ मेगावाट क्षमताको लिखु-२ र ७७ मेगावाट क्षमताको लिखु-१जलविद्युतआयोजनाहरु समेतको रातदिन गरी दु्रतगतिमा निर्माण कार्य भईरहेको एम.भी.दुगड़ ग्रुपका अध्यक्ष श्री मोतीलाल दुगड़ बताउछन् । यसरी एम.भी.दुगड़ ग्रुपद्धारा लिखु नदीमा प्रवद्र्धित तीनवटै परियोजनाहरुको जडीत क्षमता १५८ मेगावाट हुनेछ । तीनवटै परियोजनाको पहुंच मार्ग लगायत स्थानिय जनसमूदायहरु समेतको लागि परियोजनाले आफ्नै खर्चमा न्यूनतम २० फूट चौडा र १२ ह्रै महिना नै चल्न सक्ने ढंगले सडकको डिजाईन गरी नयां सडक लगायत सडकको स्तर उन्नती समेत गरी लगभग १२५ किलोमिटर सडक निर्माण गरेको छ । कन्स्ट्रक्सन पावरको लागि परियोजनाले ३३ केभि क्षमताको लगभग ४५ किलोमिटर लामो ट्रान्समीसन लाईन आफ्नै खर्चमा निर्माण गरी एक उदाहरणिय कार्य समेत गरेको छ । यी परियोजनाहरुमा“विदेशी प्रत्यक्ष लगानी” एफडिआई समेत आउने गरी लगानी सम्झौता समेत भई आवश्यक स्वीकृतिको लागि सम्वन्धित निकायमा कारवाही समेत चलीरहेको एम. भि. दुगड ग्रुपले जनाएको छ ।
FACEBOOK COMMENTS