काठमाडौं । दक्ष ईन्टरनेशनलको आयोजनामा आयोजित मिस एण्ड मिसेस व्यूटिफुल नेपाल २०२० को उपाधी मिस तर्फ रुपा अधिकारी तथा मिसेस तर्फको उपाधी उर्मिला पन्त भण्डारीले हात पार्न सफल भएका छन । मिसेस तर्फका विजेता रुपाले बेष्ट स्माईलको सव टाईटल सहित विभिन्न गिफ्ट हम्पर हात पारेकी छिन भने मिसेस तर्फकी विजेता उर्मिलाले मस्ट टैलेन्ट, भिर्वस च्वाईस अवार्ड सहित विभिन्न गिफ्ट ह्याम्पर हात पार्न सफल भईन ।उपाधी विजेताहरुलाई मिसेस व्यूटिफुल नेपाल २०१८ का विजेता संगिता शर्मा बस्याल तथा मिस ब्यूटिफुल नेपाल २०१९ की विजेता सम्पदा अमागाईले क्राउन लगाईदिएका थिए ।
यस्तै, मिस तर्फ फस्ट रनरअपमा मेनुका श्रेष्ठ भइन भने उनले बेष्ट डान्स तथा फेशन आईकनको अवार्ड पनि हात पार्न सफल भइन र ‘सेकेण्ड रनरअपमा अस्मिता भट् चयन भइन । उनीले वेष्ट टैलेन्ट, मस्ट ऐक्टिभ र फेसबुक च्वाईस अवार्ड पनि हात पार्न सफल भइन । थर्ड रनर अपमा सविशा गौतमले मस्ट फोटोजेनीक, बेष्ट हेयरको सवटाईटल सहित विभिन्न पुरस्कार हात पार्न सफल भईन । यस्तै ‘सवटाइटल अवार्ड हात पार्नेमा मस्ट पपुलरमा आर्जु न्यौपाने, बेष्ट रयाम्प वाकमा अरिका बाराकोटी, मस्ट डिसिप्लेनमा सविना राई, मस्ट पक्च्यएलमा सायरा सिलवाल,बेष्ट लिडरसिपमा यमुना आचार्य, बेष्ट फिजिक्समा निलम बानिया, मस्ट क्रियटिभमा प्रविना भण्डारी, बेष्ट पर्सनालिटिमा अविषा गौतम, युटयूव मस्ट भ्यिुवर्समा आर्जु न्यौपाने, बेष्ट स्किनमा रोशनी पुन, मस्ट आईकनिक आई र भ्यिूवर्स च्वाईसमा शोभा रिजाल, सोसियल वेलफेयर एम्बेसडर सुष्मिता देव, युथ विथ रेष्पोन्सीविलिटीमा एन्जिला सिंह, मस्ट पोजिटिभ एटिच्युडमा सुजाता भट्राई,मिस कन्जेनियलिटीमा मनिषा लकान्द्री रहेका थिए ।
यसै, गरि मिसेस तर्फको फस्ट रनर अपको उपाधि मुना त्रितालले हात पार्न सफल भएकी थिईन उनले उपाधी सहित वेष्ट पर्सनालिटीको सवटाईटल समेत हात पार्न सफल भईन । सेकेण्ड रनर अपमा सुनीला केसी कार्की भईन भने उनले उपाधी सहित बेष्ट डान्सरको सव टाईटल समेत हात पारिन । थर्ड रनर अपमा मिष्मा खड्का थापा भईन उनले पनि उपाधी सहित यूट्यूब मस्ट भ्यिूवर्सको सवटाईटल हात पार्न सफल भईन । यसै गरि अन्य सवटाईटल हात पार्नेमा मस्ट पपुलर तथा मस्ट पङ्गच्युलमा प्रमिला प्रधानाङ्ग, बेष्ट र्याम्प वाकमा शारदा क्षेत्री, मस्ट डिसिप्लेनमा एलिना कार्की, बेष्ट स्माईलमा भावना थपलिया, बेष्ट लिडरसिप तथा बेष्ट सिङ्गरमा रुथ पौडेल, मस्ट एक्टिभ यशोदा खत्री, बेष्ट फिजिक्स दिक्षा थापा, बेष्ट हेयर कल्पना लाम्गाडे, फेसबुक च्वायर्समा यशोदा खत्री, बेष्ट स्पिचमा लक्ष्मी शाही, बेष्ट स्किन पूजा दास, मस्ट फ्रेण्डली मिना खड्का, ब्यूटि विथ प्रपोज यशोदा गड्तौला रहेका थिए । दक्ष ईन्टरनेशनलले विगत ५ वर्षदेखी निरन्तररुपमा मिस एण्ड मिसेस ब्यूटिफुल आयोजना गर्दै आईरहेको छ । नेपाल प्रहरीका पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त प्रतियोगीतामा चर्चित एवं वरिष्ठ नायक सरोज खनाल प्रमुख निणार्यकको रुपमा रहेका थिए भने अन्य निणार्यक मण्डलमा वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ अभिनेता शिवहरि पौडेल, गायिका सिन्धु मल्ल, नायक रमेश उफ्रेती, गीतकार डा। डि।आर।उपाध्याय र डा। आभास लाभ रहेका थिए । विगतमा झै यस पटक पनि विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । वरिष्ठ अभिनेत्री रश्मि भट्, साहित्यकार तथा गीतकार गोविन्द कंडेल आंशु, साहित्यकार दुर्गा काफ्ले, राधादेवी पराजुली, रत्न गुरुङ्ग तथा जानकी गुरुङ्गलाई उक्त कार्यक्रममा विशेष सम्मान गरिएको थियो ।
आयोजक संस्था दक्ष ईन्टरनेशन तथा राज मेक स्टुडियोका प्रबन्ध निर्देशक तथा मेक अप आर्टिष्ट टेक राज पाण्डेका अनुसार अबिवाहित तथा बिवाहित महिला गृहिणी तथा व्याबसायिक महिला दिदि बहिनीलाई यस प्रतियोगीता मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्द्दन एवं सामाजिकीकरण गर्ने उद्देश्यले प्रतियोगिता सन्चालन गरिएको बताए । बिवाहित तथा अबिवाहित गरि ३७ अन्तिम प्रतियोगीका कोरियोग्राफरमा आश्विनी झा रहेका थिए भने प्रतियोगीको ड्रेस डिजाईन पेजेन्ट नेपालले गरेको थियो । काष्ठमण्डप टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको कार्यक्रमको फोटोग्राफी फोटोग्राफर सुदिप पोख्रेलको रहेको थियो ।
प्रतियोगितात्मक कार्यक्रमले विवाहित तथा अबिवाहित महिलाको व्यक्तित्व विकास तथा आत्मविश्वास अभिवृद्धि गराउनुका साथै नेतृत्वदायी क्षमताको विकास गराउने आयोजक तथा दक्ष ईन्टरनेशनलका प्रमुख टेकराज पाण्डेल बताए ।
FACEBOOK COMMENTS