काठमाडौं –ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ।
ऊर्जामन्त्रालयमा शुक्रबार भएको शिष्टाचार भेटमा मन्त्री पुनले ऊर्जा क्षेत्रको विकासका लागि सरकारलाई थप लगानी आवश्यक रहेकाले त्यसका लागि सहयोग गर्न अष्ट्रेलियन सरकारलाई आग्रह गरे ।
अष्ट्रेलियन सरकारले नेपालको विकासका लागि विभिन्न क्षेत्रमा गरेको सहयोगप्रति सरकारको तर्फबाट मन्त्री पुनले धन्यवाद व्यक्त गरे।
भेटमा अष्ट्रेलियन राजदूत बडले ऊर्जामन्त्रालय मातहतका निकायलाई विज्ञ उपलब्ध गराई प्राविधिक सहयोग उपलब्ध गराउन अष्ट्रेलियन सरकार तयार रहेको बताए।
– नागरीक
FACEBOOK COMMENTS