काठमाण्डौं — राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वले अग्रसरता नलिँदा एकसिँगे गैंडा गणना अन्योलमा परेको छ ।
हरेक चाररपाँच वर्षबीचमा गैंडा गणना हुँदै आए पनि विभागले बजेट नभएको भन्दै टार्दै आएको छ ।
यसअघि २०७१ ९सन् २०१५० सालमा गैंडा गणना गरिएको थियो ।
विभागका महानिर्देशक मनबहादुर खडका आफ्नो व्यस्तताले गैंडा गणनाको मिति तय गर्न नसकिएको बताउँछन् ।
उनले ‘मन्त्रालय र विभागका बैठकमा व्यस्त भएकाले मिति तय गर्न नसकेको बताए ।
वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले भने गैंडा गणनाको सबै काम विभागकै भएकाले उतै सोध्न सुझाए ।
यस वर्ष साउनदेखि फागुनसम्ममा मात्र प्राकृतिक कारणले निकुञ्ज, मध्यवर्ती क्षेत्र र राष्ट्रिय वनमा गरी ४१ वटा गैंडा मरेका छन् ।
— कान्तिपुर
FACEBOOK COMMENTS