काठमाडौं, कात्तिक ५ – कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २६ जनाको निधन भएको छ ।
यो समेत बुधबारसम्म देशभर संक्रमणबाट निधन हुनेको संख्या सात सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर बुधबार पाँच हजार सात सय ४३ जना संक्रमित थप भएका छन् भने २९ सय ९६ जना संक्रमणमुक्त भएका छन् ।
सक्रिय संक्रमितको संख्या ४४ हजार चार सय ७६ पुगेको छ ।
FACEBOOK COMMENTS