काठमाडौं, चैत १९- कोभिड -१९ विश्वभरी नै तिव्र रुपमा फैलिरहेको छ । यसको संक्रमणबाट सबै भन्दा बढी इटालीका नागरिकले ज्यान गुमाएका छन् । यो महामारीका कारण पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ४१ जनाको मृत्यु भएसँगै विश्वभर मृत्युहुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ। यस्तै ७२ हजार ५ सय ६१ जना नयाँ संक्रमित थपिएका छन् ।
कोभिड- १९ का कारण इटालीमा एकैदिन ८ सय ३७ जनाले ज्यान गुमाएका छन्। यससँगै इटालीमा मृतकको संख्या १२ हजार ४ सय २८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५३ नयाँ संक्रमित थपिएसँगै संक्रमितको कूल संख्या १ लाख ५ हजार ७ सय ९२ पुगेको छ ।
त्यसै गरी स्पेनमा एकैदिन ७ सय ४८ जनाले ज्यान गुमाएका छन् । यहाँ अहिलेसम्म मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६४ पुगेको छ ।पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ६७ संक्रमित थपिएपछि कूल संक्रमितको संख्या ९५ हजार ९ सय २३ पुगेको छ ।
यो महामारीका कारण अमेरिकामा पनि मृतकको संख्या बढेको छ । अमेरिकामा एकैदिन ७ सय १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै न्यूयोर्कका छन् जहाँ एकैदिन २ सय ८ जनाको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा २३ हजार ५ सय ५२ जना संक्रमित थपिएपछि अहिलेसम्म कूल १ लाख ८७ हजार ३ सय ४० जना कूल संक्रमित छन् । अमेरिकामा हाल सम्म ३ हजार ८ सय ६० जनाको मृत्यु भएको छ।
त्यसै गरी फ्रान्समा पनि कोभिड- १९ का कारण एकैदिन ४ सय ९९ को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनका कारण फ्रान्समा ४ सय ९९ जनाको मृत्यु भएको छ । हालसम्म फ्रान्समा मृतकको संख्या ३ हजार ५ सय २३ पुगेको छ ।
छिमेकी देश भारतमा हिजो थप ३ जनाको मृत्युभएसँगै हालसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको छ। १ सय ४६ जना नयाँ संक्रमित भेटिएका छन्।
तर कोरोनाको उद्गमस्थल चीनले भने पछिल्लो २४ घण्टामा कुनै पनि नयाँ संक्रमण भेटिएको छैन् भने मानिसको ज्यान समेत गएको छैन।
FACEBOOK COMMENTS