काठमाडौं, पुस ९ – नेपाली बजारमा सुनको मुल्य एकैदिन ६ सय रुपैयाँले बढेको छ । बुधबार सुन ६ सय रुपैयाँले बढेर प्रतितोला ७२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलवार छापावाल सुन प्रतितोला ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसै गरी बुधवार तेजावी सुनको मूल्य पनि प्रतितोला ६ सय रुपैयाँले नै बढ्ेको छ । बुधवार तेजावी सुनको प्रतितोला ७२ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । मंगलवार तेजावी सुन प्रतितोला ७१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
बुधवार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
FACEBOOK COMMENTS