काठमाडौं,माघ १६ -भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३०० विद्युतीय बस किन्न टेन्डर खोल्ने तयारी गरेको छ । सरकारले उक्त मन्त्रालयलाई बस किन्ने जिम्मेवारी दिएपछि टेन्डरको काम अघि बढाइएको मन्त्रालयले बतायो । मन्त्रालयले एकैपटक ३०० ओटै बसको टेन्डर खोल्नेगरी काम गरिरहेको छ । सहसचिवको नेतृत्वमा समिति बनाएर इन्जिनीयर अध्ययन संस्थान, नेपाल विद्युत् प्राधिकरण, साझा यातायातलगायत प्रतिनिधिसँग छलफल गरी मन्त्रालयले टेन्डर डकुमेन्ट बनाउन लागेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले बताए ।
सरकारले माघ दोस्रो साताको मन्त्रिपरिषद् निर्णयमार्पmत बस किन्ने जिम्मेवारी मन्त्रालयलाई दिएको थियो । यसअघि साझा यातायातलाई ती बस किन्न पैसासमेत उपलब्ध गराइसकेको सरकारले ब्याजसहित उक्त पैसा साझाबाट फिर्ता लिएको हो । असार अन्तिम साताको मन्त्रिपरिषद् निर्णयमार्फत सरकारले ३०० विद्युतीय बस किन्न साझालाई रू। ३ अर्ब उपलब्ध गराएको थियो । तर, माघ ९ गतेको मन्त्रिपरिषद्को निर्णयले साझाले बस किन्नमा ढिलाइ गरेको भन्दै उक्त पैसा फिर्ता लिएको थियो ।
यद्यपि, साझाले टेन्डरमार्फत १र२ महीनामै ठूलो संख्यामा बस किन्न असम्भव भएको बताउँदै आप्mना तर्पmबाट ढिलासुस्ती नभएको बताउँदै आएको छ ।
‘टेन्डर डकुमेन्ट, कम्पनीको स्पेशिफिकेशन आदि बनाउने काम भइरहेको छ, केही सातामै टेन्डर निस्किन्छ,’ उनले भने । उनका अनुसार माघभित्रै टेन्डर खोल्ने गरी मन्त्रालयले काम गरिरहेको छ । उनले खरीद समितिलाई जतिसक्दो चाँडो टेन्डरको काम सक्न निर्देशनसमेत दिइसकेको बताए ।
मन्त्रालय स्रोतका अनुसार स्वदेशी र विदेशी दुवै कम्पनी सहभागी हुन पाउने गरी टेन्डर खोल्ने तयारी गरिएको छ । यद्यपि, मन्त्री भने यो विषय छलफलकै क्रममा रहेको र टेन्डर डकुमेन्टको काम सकिएपछि मात्रै के हुन्छ भन्न सकिने बताउँछन् ।
सरकारले २०७५ पुस दोस्रो साता ३०० विद्युतीय बस किनी सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार असार अन्तिम साताको मन्त्रिपरिषद्को बैठकले सरकारी स्वामित्वको साझा यातायातलाई बस खरीदको जिम्मेवारी दिने निर्णय गरेकोमा असोज १ गते खरीद प्रक्रियाको सम्पूर्ण काम रोक्न पत्र पठाएको थियो । त्यसको ४ महीनापछि मात्रै सरकारले साझालाई उपलब्ध गराएको रकम फिर्ता लिई उक्त जिम्मेवारी मन्त्रालयलाई दिने निर्णय गरेको थियो । आजको आर्थिक अभियानमा समाचार छ ।
FACEBOOK COMMENTS