अन्जनराज न्यौपाने तनहुँ, १५ आश्विन- जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका ११ जना अभियुक्तहरुलाई पक्राउ गरेको छ।
तनहुँ जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्यमा तिब्रता दिदै आएकोमा बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको मिति ०७६ माघ१७ गतेको फैसला कार्यन्वयन गराउन तोकिएको समयावधिमा जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका जिल्ला तनहुँ म्याग्दे गा.पा. वडा नं. १ बस्ने चाम बहादुर थापालाई पनि जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ।
यसैगरी प्रहरी कार्यालयले सवारी ज्यान मुद्दामा फैसला भए मध्ये ८ दिन कैद तथा २,हजार जरिवाना तिर्न बाकी रहेका १ जना, लगायत सम्बन्ध बिच्छेद मुद्दामा फरार ७ जना, जारी मुद्दाका १ जना र नाता कायम मुद्दाका १ जना गरी जम्मा ११ जना व्यक्तीहरुलाई विहिबार पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले जानकारी दिए।
यसैगरी जिल्ला प्रहरी कार्यालयको विषेश टोलीले बिभिन्न समयमा छुट्टाछुट्टै स्थानहरुबाट हराएका तथा चोरी भएका मोबाइलहरु खोजीगर्ने कार्यलाई तिब्रता दिएको छ।हराएका तथा चोरी भएका मोबाइलहरु मध्ये हराएको २ महिना पछि अप्पो,सामसुङ र अन्य कम्पनीका करिब ९१हजार मुल्य बराबरको ५- थान मोबाइलहरु फेला पारी सम्बन्धित मोबाइल धनीलाई नै हस्तान्तरण गरेको प्रहरी नायब उपरीक्षक तिमल्सिनाले बताए ।
FACEBOOK COMMENTS