काठमाडौं– राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता प्रवाह गर्न एकै पटक १५ अर्ब रुपैयाँको रिपो जारीगरेको छ।
केन्द्रीय बैंकले एक हप्ता अवधिको रिपो जारी गरेको हो।
रिपोका लागि ५ प्रतिशतभन्दा माथि ब्याज कबुल गर्नु पर्ने हुन्छ। अन्तर बैंक ब्याज दरलाई सीमामा ल्याउन रिपो जारी गरेको हो।
चैत मसान्तमा प्रणालीबाट कर राजश्व बुझाउन सरकारी खातामा जानसक्ने संभावनालाई आँकल गर्दै केन्द्रीय बैंकले पैसा बजारमा पठाउन लागेको हो।
अहिले अन्तर बैंक ब्याज दर ६ प्रतिशत हाराहारी छ। तरलता अहिले ३० अर्ब रुपैयाँ छ। सरकारले आम्दानी करको दोस्रो किस्ता चैतमा उठाउँछ। त्यसैले बैंकमा अभाव हुन सक्ने भन्दै पैसा पठाइएको हो।
