काठमाडौं, चैत ३१ – एक्सेल डेभलपमेण्ट बैंकले हकप्रद शेयर निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको हो । बैंकले १० बरावर ३ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ ।
गत असार १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट उक्त अनुपातमा हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको कम्पनीले विक्री प्रबन्धक नियुक्तिसँगै निष्कासन प्रकृया अघि बढेको जानकारी दिएको छ । कम्पनीले २४ लाख ३३ हजार ३६३ दशलमव ६७४२ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ११ लाख २१ हजार रहेको छ ।
FACEBOOK COMMENTS