काठमाडौं ।नेपाल बैंकर्स संघले घरकर्जाको सीमा दुई करोड बनाउन माग गरेको छ । संघले आगामी आर्थिक वर्ष २०७८/०७९ कौ मौद्रिक नतिको लागि राष्ट्र बैंकलाई सुझाव पठाउँदै कोभिड महामारी पश्चात् अर्थतन्त्रलाई गति प्रदान गर्न घरकर्जा लगायत उपभोक्ता कर्जाको पनि योगदान रहने भन्दै यस्ता कर्जाहरूको सीमामा लचक बन्न राष्ट्र बैंकलाई आग्रह गरेको हो ।
संघले भवन निमार्ण लागत तथा जग्गाकोसमेत मूल्य वृद्धि भएको परिप्रेक्षमा व्यक्तिगत आवासीय कर्जाको सीमा २ करोड गर्नुपर्ने र न्यून लागत आवास कर्जाको सीमालाई २० लाख पुर्याउन माग गरेको हो ।
बैंकर्स संघले एक करोड डलरभन्दा माथिको विदेशी ऋणको हेजिङ राष्ट्र बैंकले नै प्रदान गर्नसमेत सुझाव दिएको छ । नेपाली बैंकले विदेशी बैंक तथा अन्य संस्थाबाट विदेशी मुद्रामा ल्याउने ऋणबाट नेपाली मुद्रामा कर्जा प्रवाह गर्दा उत्पन्न हुने विदेशी मुद्रा जोखिम व्यवस्थापनका लागि राष्ट्र बैंकले एक करोड डलरभन्दा बढी रकमको लागि हेजिङ प्रदान गर्ने व्यवस्था गरी यसका लागि रिपो रेट बराबर बराबर हेजिङ निर्धारण गर्न संघले सुझाव दिएको छ ।
यस्तै संघले बैंक तथा इस्योरेन्सलाई खुलाउन माग गरेको छ । सर्वसाधारणमा बिमाको दायरा बढाउन बैंक तथा वित्तीय संस्थाले बिमा कम्पनीसँगको सहकार्यमा आफ्ना ग्राहकहरूलाई बिमा पोलिसी विक्री गर्न पाउने प्रावधानलाई व्यवस्थित बनाई लागु गर्नुपर्ने संघको सुझाव छ ।
मुलुकको ७५० स्थानीय तहमा वाणिज्य बैंकहरूको पहुँच भएको अवस्थामा यसले ग्राहकहरूले सहज र सरल रूपमा दुरदराजमासमेत सेवा पाउने र यसले बिमाको दायरा बढाउन मद्दत पुग्ने संघको दाबी छ ।
FACEBOOK COMMENTS