काठमाडौं, २७ वैशाख- भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडक निर्माण गरेको प्रति स्वर्गिय राजा वीरेन्द्र शान्ती प्रतिस्ठानले विरोध जनाएको छ ।प्रतिस्ठानले शनिवार प्रेस विज्ञप्ती जारी गर्दै भारतको सो कदमको विरोध जनाएको हो । प्रतिस्ठानका अध्यक्ष शिवहरि खनालद्वारा हस्ताक्षरित सो विज्ञप्तीमा भारतीय पक्षले नेपालको भुमी हुँदै चीन जाने बाटो बनाउनु र आफ्नो भुमीमा भारतले सडक निर्माण गर्दासम्म पनि सरकारले चाल नपाए झै गरि बस्नु दु:खद भएको उल्लेख गर्दै नेपाल सरकारले अबिलम्ब कुटनितिक पहल मार्फत आफ्नो भुमीलाई फिर्ता गराउन तर्फ लाग्नुपर्ने औल्याईको छ । साथै प्रतिस्ठानले बाबुबाजेले वीरतापुर्वक जोगाएको भुमीलाई सम्पूर्ण नेपाली जनताले एक ढिक्का भएर भुमी रक्षाको अभियानमा जुटन हार्दिक आव्हान समेत गरेको छ । प्रतिस्ठानद्वारा जारी प्रेस विज्ञप्तीको पूर्णपाठ प्रेस विज्ञप्ती भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडक निर्माण गरेको प्रति स्वर्गिय राजा वीरेन्द्र शान्ती प्रतिस्ठानको गम्भिर ध्यानाकषण भएको छ । भारतको यस कदम सरासर गलत छ भन्ने प्रतिस्ठानको धारणा रहेको स्पस्ट पार्दै प्रतिस्ठान सो कार्यको घोर भर्त्सना गर्दछ । भारतीय पक्षले नेपालको भुमी हुँदै चीन जाने बाटो बनाउनु र आफ्नो भुमीमा भारतले सडक निर्माण गर्दासम्म पनि सरकारले चाल नपाए झै गरि बस्नु निकै दु:खद पक्ष हो । विगतमा भए गरेका कमी कमजोरीलाई सच्चाउदै नेपाल सरकारले अबिलम्ब कुटनितिक पहल मार्फत आफ्नो भुमीलाई फिर्ता गराउन तर्फ लाग्न प्रतिस्ठान जोडदार माग गर्दछ । र बाबुबाजेले वीरतापुर्वक जोगाएको भुमीलाई सम्पूर्ण नेपाली जनलाई एक ढिक्का भएर भुमी रक्षाको अभियानमा जुटन हार्दिक आव्हान गर्दछ । शिवहरी खनाल अध्यक्ष
FACEBOOK COMMENTS