काठमाडौँ — अर्थमन्त्री युवराज खतिवडाले कोभिड–१९ को असरले गर्दा एक प्रतिशत बिन्दुले गरिबी बढ्ने बताएका छन् । कोरोनाको असर अझै अनिश्चित रहेको र हालसम्मको अवस्थाअनुसार एक प्रतिशत बिन्दुले बढ्ने उनको भनाइ छ ।
राष्ट्रिय योजना आयोगका अनुसार कोरोनापूर्वको अवस्थामा १८।७ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् । १८।७ प्रतिशत अर्थात् कुल जनसंख्या २ करोड ९२ लाखमध्ये ५४ लाख २३ हजार व्यक्ति गरिबीमा छन् । अर्थमन्त्री खतिवडाले भनेअनुसारकै हिसाब गर्ने हो भने एक प्रतिशत बिन्दु अर्थात् २९ हजार २ सय ५४ जना गरिबीको रेखामुनि धकेलिइसकेका छन् । जसले दैनिक १।२५ अमेरिकी डलर ९हालको विनिमय दरअनुसार १ सय ५२ रुपैयाँ० आर्जन गर्न र दैनिक २१ सय क्यालोरीभन्दा बढी खाना खान पाउँदैनन् ।
‘तर यो तरल अवस्था हो । अर्को वर्ष कसरी जान्छ, यसै भन्न सकिन्न । अर्को दुुई वर्ष के होला भन्न सक्दैनौं’ अर्थमन्त्रीले भने, ‘एक महिनाअघि कल्पना गरेभन्दा अहिलेको परिस्थिति फरक भइसकेको छ । यो आर्थिक गतिविधिसँग अन्तरसम्बन्धित छ ।’
अर्थमन्त्री खतिवडाले अहिले आर्थिक क्षेत्रलाई चलायमान बनाइएन भने उत्पादन क्षेत्र प्रभावित हुने र त्यसले चौतर्फी असर पार्ने बताए । ‘हाम्रो कृषि क्षेत्र प्रभावित हुन्छ । कृषि प्रभावित भयो भने खाद्य सुरक्षा, खाद्य अधिकार, खाद्य सम्प्रभुतामा हामी फेरि पछि पर्छौं,’ उनले भने ।
गरिबी एवं बेरोजगारी बढ्दै जाँदा अन्त्यमा मानवीय संकटमै गएर जोडिने भएकाले न्यूनतम आर्थिक गतिविधि चालु राख्नुपर्ने उनको धारणा छ । ‘यसकारण स्वास्थ्य संकट र आर्थिक संकटको विषयलाई हामीले सँगै लिएर जानुपर्छ भन्ने मेरो धारणा हो,’ उनले भने ।
FACEBOOK COMMENTS