काठमाडौं- चालु आर्थिक बर्षको भदौ महिनामै ४ अर्ब रुपैयाँ बराबरका स्वदेशी लगानीका उद्योग दर्ता भएका छन ।
उद्योग विभागले सार्वजनिक गरेको भदौ महिनाको तथ्याक अनुसार विभिन्न जिल्लामा स्थानीय लगानीमा ४ अर्ब ८० करोड २३ लाख रुपैयाँ बराबरका ठुला उद्योग दर्ता भएका हुन ।
अर्थ मन्त्री डा युवराज खतिवडाको पूँजीयोग्य क्षेत्रमा लगानी गरिनुपर्ने नाराले स्वदेशी लगानीकर्तालाई आकर्षित गरेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।
उद्योग विभागमा भदौ महिनामा दर्ता भएका स्थानीय लगानीका ठुला ५ ओटा उद्योगमा सबैभन्दा बढी लगानी सुशिलकुमार शर्माको नाममा गोयल ईस्पात प्रालि दर्ता भएको छ । सो उद्योगले शतप्रतिशत स्थानीयको लगानीमा २ अर्ब कूल पूँजी रहेको स्टिल उद्योग विभागमा दर्ता गरेको हो ।
उद्योगले १ बर्षमा एमएस पाईप ५० हजार मेट्रिक टन, जिआई पाईप २ हजार मेट्रिक टन, विद्युतीय पोल ४ हजार मेट्रिक टन तथा विभिन्न सटरका पार्ट्सहरु ५ हजार मेट्रिक टन उत्पादन गर्ने उद्देश्य उद्योग दर्ता गरेको हो ।
नवलपरासी जिल्लाको रामग्राम नगरपालिकामा स्थापना हुन लागेको उक्त उद्योगले १ सय २५ जनालाई रोजगार दिने बताइएको छ ।
यस्तै विभागमा दर्ता भएको दोस्रो ठुलो उद्योगमा अथर्व सिमेन्ट उद्योग रहेको छ ।
पिताम्वर गैरेले उद्योग विभागमा दर्ता गरेका उक्त उद्योगबाट ओपिसि सिमेन्ट १ लाख ५० हजार मेट्रिक टन, पिपिसी सिमेन्ट १ लाख ५९ हजार मेट्रिक टन तथा क्लिङ्कर ८८ हजार ९ सय ८० मेट्रिक टन बार्षिक उत्पादन गर्ने भएको छ ।
FACEBOOK COMMENTS