काठमाण्डौँ — एक वर्षमा ४१ लाख बैंक खाता खुलेका छन्।
बैंक कारोवारमा सर्वसाधारणको विस्वास वढेसंगै खाता खोल्नेको संख्यामा समेत वृद्धि भएको हो।
अघिल्लो माघ मसान्तको तुलनामा यो वर्षको माघसम्ममा ४१ लाख ६९ हजार निक्षेपकर्ता बढेको राष्ट बैंकले जनाएको छ।
यो संगै माघ मसान्तसम्म बैंकमा खाता हुने नेपालीको संख्या दुई करोड ५६ लाख ५८ हजार पुगेको छ।
गएको वर्षको माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता खोल्नेको संख्या दुई करोड १४ लाख ९८ हजार थिए।
वित्तीय सचेतना बढ्दै जाँदा खाता खोल्नेको संख्या बढेको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए।
— नागरीक
FACEBOOK COMMENTS