काठमाडौं, भदौ ४ – भारतमा कोरोना भाइरसको संक्रमण बढ्दो छ । निको हुनेहरु पनि उत्तिकै छन् । उक्त क्रममा एक सय तीन वर्षे एक वृद्धले कोरोनालाई जितेका छन् ।
केरलको एर्नाकुलमका ती वृद्धले मंगलबार साँझ कोरोना जितेका हुन् । उनी अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी केरलको अलुवा जिल्लाका हुन् ।
उनी अस्पतालबाट डिस्चार्ज हुँदा अस्पतालका चिकित्सक, नर्सदेखि सुरक्षाकर्मीले बिदाई गरेका थिए । भारतमा बुधबार मात्रै ५९ हजार ३६५ जनालाई निको भएको थियो ।
FACEBOOK COMMENTS