काठमाडौं, वैशाख १४ – नेपाल विज्ञान संघ (आन)ले एड रिलिज तथा टेलिजेन्ट प्रालिका सञ्चालक हरिशरण सुवेदीलाई कार्यसमिति सदस्यमा मनोनित गरेको छ । संघको यही वैशाख ३ गते बसेको ४८९औं बैठकले सुवेदीलाई सर्वसम्मत रूपमा कार्यसमिति सदस्य मनोनित गरेको हो ।
दुई दशक भन्दा धेरै समय विज्ञापनको बजार निर्माण र अनुसन्धानको क्षेत्रमा क्रियाशील सुवेदीले नेपाली विज्ञापन जगतमा वस्तु उत्पादन, सेवा ब्रान्डिङ र मिडिया हाउसको विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।
एडभरर्टाइन्जिङ एभिन्युजदेखि मिडिया हब हुँदै अहिले उनी एड रिजिल प्रालि र टेलिजेन्ज प्रालिका सञ्चालक छन् । विज्ञापन बजारको श्रीबृद्धिमा संस्थागत कार्यकुशलता प्रदर्शन गर्दै विभिन्न आरोह–अवरोह पार गर्दै अगाडि बढेका उनी विज्ञापन बजारमा भएको बेथितिलाई हटाएर संस्थागत सुशासन र विकासमा इमानदारपूर्वक लाग्ने बताउँछन् ।
संघको मर्यादा र गरिमालाई उच्च सम्मान गर्दै आफूले सकेको सहयोग गर्ने प्रतिबद्धता सुवेदीको छ । सेवालाई आफ्नो मुनाफासँग मात्रै जोड्न नहुने तर्क गर्दै उद्योग कलकारखाना र सेवामूलक व्यवसाय मर्यादित बनाउन विज्ञापन व्यवसायीको भूमिका सरकारको जस्तै महत्त्वपूर्ण रहेको उनले बताए ।
आफ्नो क्षमता र योग्यताको मूल्यांकन गरी संघले आफूलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेकामा उनले आनका सबै कार्यसमिति पूर्वअध्यक्षहरु, अग्रज तथा समकक्षीहरु लगायतलाई धन्यवाद प्रकट गरेका छन् ।
यसअघि आनको गत पुसमा सम्पन्न २१औं साधारणसभाले सोम धितालको अध्यक्षतामा ३ वर्षका लागि १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । सोही कार्यसमितिमा सुवेदी सदस्य थपिएका हुन् ।
FACEBOOK COMMENTS