काठमाडौं, पुस १ – एनआइसी एशिया बैंकले एकैपटक ६ वटा नयाँ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ ।
बैंकले काठमाडौंको बोहोराटार, कलङ्की खसीबजार, माछापोखरी, नरेफाँट, पुतलीसडक र स्वयम्भूमा नयाँ शाखा खोलेको हो ।
बोहोराटार शाखाको उद्घाटन स्थानीय टोल सुधार तथा उपभोक्ता समितिका अध्यक्ष कालिका प्रसाद घिमिरे गरे भने अन्य शाखाको उद्घाटन सम्बन्धित वडाका वडा अध्यक्षहरुले गरेका थिए ।
बैंकले मुलुकभर ३११ शाखा कार्यालय, ४०३ एटिएम, ९५ वटा एक्स्टेन्सन काउण्टर एवं ४४ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS