काठमाडौं, वैशाख २ – नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको र एनआईबीएल म्युचुअल फण्डको कोष व्यवस्थापक र डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले देव यानी इनटरनेशनल नेपाल प्रा.लि. का कर्मचारीहरूलाई सामूहिक लगानी कोष सम्बन्धी विशेष सचेतनामूलक कार्यक्रम मार्फत तालिम दिइएको छ ।
नेपालमा के.फ.सी. पिजा हट र क्रिम बेल आइसक्रिम जस्ता अन्तराष्ट्रिय फुड चेन सञ्चालन गरिरहेको उक्त कम्पनीका दरबार मार्ग, थापाथली (ब्लुबर्ड मल), लबिममल, ठिमि, बौद्द, महाराजगंज र पोखरा शाखाका कर्मचारीहरूलाई तालिम दिइएको हो ।
सामूहिक लगानी कोष नियमावली २०६७ को कार्यान्वयन पश्चात नेपालकै पहिलो खुलामुखी योजना तथा अन्य दुृृृृई बन्दमुखी योजना सञ्चालन गरिरहेको यस क्यापिटल द्वारा सञ्चालित सो विशेष कार्यक्रम मार्फत उक्त कम्पनीका कर्मचारीहरूले सामूहिक लगानी कोष सम्बन्धी विस्तृत जानकारी पाउनुका साथै पूँजीबजार सँग सम्बन्धित अन्य विषयको समेत जानकारी प्राप्त गरेका छन् ।
यसका साथै एनआईबिएल एस क्यापिटल लिमिटेडले आगामी दिनहरूमा पनि यस्ता जनचेतनामूलक कार्यक्रमका साथै विभिन्न तालिमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता समेत जनाएको छ ।