काठमाडौं, पुस २४- एनआईसी एशिया बैंकको ग्राहक सपोर्ट सेवा २४ सै घण्टा सञ्चालनमा आउन थालेको छ ।
बैंकले वि.सं. २०७१ साल देखि सुरुवात गरेको यो सेवा अब २४ सै घण्टा सञ्चालनमा आएको छ । बैंकका अनुसार अब वर्षको ३६५ दिन नै र २४ सै घण्टा ग्राहकहरुको गुनासो सुनुवाई हुनेछ ।
यस सेवा लिनको लागि सेवाग्राहीहरुले बैंकको आधिकारिक वेबसाइट www.nicasiabank.com मा गई साथीसँग लाईभ च्याट गरी वा बैंकको टोल फ्री नम्बर १६६०–०१–७७७७१ मा सम्पर्क गरी वा feedback@nicasiabank.com मा ईमेल गरी वा फोन नं ९८०१२२७७५५ मा मिस्ड कल गरी बैंकका प्रतिनिधिहरुसँग आफ्ना जिज्ञासा, गुनासो, सल्लाह र सुझावहरु राख्न सकिने बताइएको छ ।
बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०९ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS