काठमाडौं, भदौ ११ । एनआईसी एशिया बैंकले २१ प्रतिशत लांभाश दिने भएको छ । भदौ ११ गते बसको सञ्चालक समिति बैठकले ११ प्रतिशत नगद र १० बोनस सेयर गरी कुल २१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ ।
एनआइसी एसियाको हाल चुक्ता पुँजी ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ९ अर्ब ७१ करोड ७६ लाख ५० हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षमा एनआइसीले ३ अर्ब ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ५६ पैसा रहेको छ ।
FACEBOOK COMMENTS