काठमडौं, जेठ ३ – एनआईसी एशिया बैंकले डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्न ‘उत्तरदायी बनौं, मो–बैंक गरौं’ योजना सार्वजनिक गरेकोे छ । सहज, सरल, गतिशील, विश्वसनीय तथा उत्तरदायी पञ्चमूल्य मान्यताको आधारमा आफ्नो बैंकिङ्ग अभ्यास गर्दै आएको बैंकले ग्राहकलाई थप सहज सेवा प्रदान गर्न यो सेवा ल्याएको हो ।
यो योजना अनुसार बैंकको मोबाइल बैंकिङ ‘एनआईसी एशिया मो–बैंक’ एप प्रयोगकर्ताले इन्टरनेट, टेलिभिजन, खानेपानी लगायतको शुल्कका साथै मोबाइल डेटा प्याक, बीमा, मेरो शेयर तथा डिम्याट भुक्तानी गर्दा प्रत्येक कारोबारमा ५ प्रतिशत वा अधिककतम रू. १०० नगद फिर्ता ‘क्यासब्याक’ प्राप्त गर्न सक्ने भएका छन् । योजना अन्तर्गत एक जना ग्राहकले योजना अवधिभर अधिकतम रू. ५०० सम्म नगद फिर्ता प्राप्त गर्न सक्ने पनि बैंकले जनाएको छ ।
हिजो जेठ २ गतेदेखि लागू भएको यो योजना आगामी ३१ गतेसम्म लागू हुने बैंकले बताएको छ ।
डिजिटल फष्टको रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रूपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले एनआईसी एशिया बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा पनि सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले ‘सेल्फ हेल्प’ बैंकिङ्गको अभ्यासलाई आफ्नो मोबाइल बैंकिङ्ग ‘एनआईसी एशिया मो–बैंक’ एप तथा ‘आई–सर्भ’मार्फत अघि बढाइरहेको छ ।
यसका साथै मुलुकभर रहेका ३५२ वटा शाखा कार्यालय, ४७१ वटा एटीएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने एनआईसी एशिया मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS