काठमाडौं । एनआईसी एशिया बैंकले ‘८.५० प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८८’ निष्काशन गरेको छ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन सुरु गरेको हो । ३० लाख कित्तामध्ये १२ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन भने १८ लाख कित्ता बैंकले नै अन्य संघ संस्थालाई बिक्री गर्ने छ ।
न्यूनतम २५ देखि र अधिकतम १५ लाख इकाइसम्म आवेदन दिन सकिनेछ । ऋणपत्रमा छिटोमा असार ९ गतेसम्म र त्यस अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा असार २० गतेसम्म आवेदन दिन सकिनेछ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
लगानीकर्ताले सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सकिने छ । ऋणपत्रको ब्याजदर ८.५० प्रतिशत रहेको छ ।
FACEBOOK COMMENTS