काठमाण्डौँ — एन आई सी एशिया बैंक लिमिटेडले नेपाल भित्र भिषाको सहकार्यमा पीओएस मेसिनमा यस बैंकको भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्दा पैसा फिर्ता योजनाको शुरुवात गरेको छ ।
यो योजना डिसेम्बर २०१८ देखि जनवरी २०१९ सम्मको लागि मात्र लागु हुनेछ ।
यस अवधिमा एन आई सी एशिया बैंकको भिषा डेबिट वा क्रेडिट कार्डका ग्राहकले पीओएस मेसिन मार्फत कुनै किसिमको सामान वा सेवा खरिद गर्दा पहिलो पाँचवटा कारोबारमा प्रत्येक महिना निम्नानुसारको क्यास व्याक पाउने छन् ।
यस योजनाबाट बैंकको ४५०,००० भन्दा बढि भिषा डेबिट वा क्रेडिट कार्ड ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।