काठमाण्डौ – एनआईसी एशिया बैंकले फेसबुक ‘च्याटबोट’ सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरुको सहजताका लागि ‘साथी’नामक फेसबुक च्याटबोट सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
‘बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ भन्ने आफ्नो नारालाई आत्मसाथ गर्दैै उक्त च्याटबोट मंगलबारबाट सञ्चालनमा ल्याइएको बैंकका नायव प्रमुख सूचना अधिकारी अर्जुन राजखनियाँले जानकारी दिए ।
साथी नामक फेसबुक च्याटबोटबाट बैंकका ग्राहकले आफ्ना जिज्ञासाको आधिकारिक जवाफ पाउने विज्ञप्तिमा उल्लेख छ ।
यसले डिजिटल बैंकिङको विकासमा बैंकले थप उचाई प्राप्त गर्ने बिश्वास व्यक्त गरिएको छ ।
एनआईसी एशिया बैंकका नेपालभर २ सय ७० शाखाहरु छन् ।
FACEBOOK COMMENTS