काठमाडौं, मंसिर ७ – एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर विक्रि गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेण्ट ट्रष्टको २ लाख २ हजार ५६० कित्ता, सूर्या लाईफ इनस्योरेन्स कम्पनीको १ लाख ९३ हजार १९४ कित्ता र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १ लाख ४० हजार ८ सय कित्ता गरि जम्मा ५ लाख ३६ हजार ५५४ कित्ता शेयर विक्रि गर्ने भएको हो ।
बैंकले सूचनामा भनेको छ, ‘एनआइसीको स्वामित्वमा रहेको संस्थापक शेयर बोलकबोल प्रक्रियाबाट बिक्रि गरिने भएकोले इच्छुक लगानीकर्ताहरुले सूचना प्रकाशित भएको ४ दिन बोलपत्र आवेदन पेश गर्न सम्बन्धित सबैमा आव्हान गरिन्छ ।’
![This image has an empty alt attribute; its file name is suchanannna]_20201122090101.png](https://aarthiknews.com/uploads/media/suchanannna]_20201122090101.png)
बोलपत्र आवेदन फारम एनआईसी एशिया क्यापिटल लिमिटेड बबरमहल, एनआईसी एशिया बैंक लिमिटेड कर्पोरेट कार्यालय ट्रेड टावर थापाथलि, शाखा कार्यालय विराटनगर, विरगञ्ज, महेन्द्रपुल, बुटवल, धनगढिर र सुर्खेतमा दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।
बोलकबोल प्रक्रिया मार्फत ट्रष्टको शेयर खरिदका लागि बैंक तथा वित्तिय संस्था र बीमा कम्पनी बाहेकका अन्य कम्पनी तथा व्यक्तिहरुले सहभागी हुन नपाउने बैंकले जननाएको छ ।
त्यस्तै, सूर्या र एशियनको को शेयर खरिद गर्न चाहनेहरुले प्रचलित कानून बमोजिम योग्य लगानीकर्ता सहभागी हुन पाउने बैंक्ले जनाएको छ ।

FACEBOOK COMMENTS