काठमाण्डौं – एनआईसी एशिया बैंकले आँधीबाट पीडितहरुलाई सहयोग सामाग्री हस्तान्तरण गरेको छ ।
बारा तथा पर्सामा विध्वंसकारी आँधीले अपुरणीय क्षति पुर्याएकोमा बैंकले फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलियालगायत गाउँका पीडितका राहत सामाग्री हस्तान्तरण गरेको छ ।
बैंकले ३ सय थान झुल, १ सय ५० थान म्याट्रेस, लगायत खाद्यान्न तथा अत्यावश्यक सामग्रीहरु प्रदान गरेको छ ।
उक्त अत्यावश्यक राहत सामग्री सोही गाउँपालिकाका अघ्यक्ष अमिरी लाल प्रसादलाई बैंक संचालक समितीका सदस्य विनोद कुमार प्याकुरेलले मिति हस्तान्तरण गरे ।
FACEBOOK COMMENTS