काठमाण्डौँ — एन आई सी एशिया बैंक लिमिटेडले ५ लाखको बिमा दाबी भुक्तानी गरेको छ ।
बैंकको बचत निक्षेप योजना “प्रिमियम समुन्नती बचत खाता” खोल्ने स्वर्गीय राज कृष्ण श्रेष्ठको दुर्घटनामा परि असामयिक निधन भएकोले बिमाको क्षतिपुर्ति बापत स्वर्गीय राज कृष्ण श्रेष्ठका हकवाला निजको छोरा रजत कृष्ण श्रेष्ठलाई क्षतिपुर्र्ति बापतको ५ लाखको चेक बैंकले हस्तानतरण गरेको छ ।
बैंकले उक्त चेक बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीबाट पौष २६ गतेका दिन बैंकको केन्द्रिय कार्यालयमा हस्तानतरण गर्यो ।