काठमाण्डौं — एनआईसी एशिया बैंकले चमत्कारिक विशेषताहरु भएका दुई नयाँ कर्जा योजनाहरु “चमत्कारिक सवारी कर्जा र चमत्कारिक घर जग्गा कर्जा सार्वजनिक गरेको छ ।
यी कर्जा योजनाहरु ग्राहकहरुको आवश्यकता र सन्तुष्टीलाई ध्यानमा राख्दै सबैको लागि अझ बढी सहज, सवल, गतिशिल, विश्वसनिय र उत्तरदायि बैंक बन्ने उद्देश्यका साथ सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
एनआईसी एशियाको साँच्चै चमत्कार, अब गर्नुहोस् आफ्नो सपना साकार” भन्ने नाराका साथ चमत्कारिक सवारी कर्जा सार्वजनिक गरेको छ ।
यस योजनाबाट नयाँ गाडी लिन वा पुरानो सवारी साधन साट्न चाहने सम्पूर्ण ग्राहकहरुले समेत चमत्कारिक लाभ उढाउन सक्नेछन् ।
त्यस्तै बैंकले आफ्नो आम्दानीअनुसार आफैँ मासिक किस्ता निर्धारण गर्न सकिने गरी चामत्कारिक घरजग्गा कर्जा ल्याएको छ।
कर्जा रकम घटाई नयाँ किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने उक्त कर्जाको प्रशासनिक सेवा शुल्कमा विशेष छुटका साथै मासिक ब्याजदर ०.९ प्रतिशत रहेको बैंकले जनाएको छ ।
उक्त कर्जामा आधारदरमा भएको परिवर्तनअनुसार मात्र ब्याजदर परिमार्जन हुनेछ ।
घरजग्गा र सवारी दुवै कर्जा लिने ग्राहकलाई विशेष छुटको व्यवस्था गरिएको जनाइएको छ ।
FACEBOOK COMMENTS