काठमाडौं, साउन २८ । एनआईसी एशिया बैंक लिमिटेड र मर्सि सिटी हस्पिटल प्रा.लि. बुटवल, रुपन्देहीबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकहरु र बैंकका कर्मचारीलाई अस्पतालमा उपचार गराउँदा हस्पिटलका विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको छुट पाउने भएका छन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलक सुन्दर कार्की र मर्सि सिटी हस्पिटलको तर्फबाट हस्पिटलका प्रबन्ध निर्देशक गोपाल प्रसाद श्रेष्ठले हस्ताक्षर गरे ।
FACEBOOK COMMENTS