काठमाडौं, चैत ८ –एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्थाको आज (चैत ८ गते)देखि एकीकृत कारोबार शुरु हुने भएको छ । फागुन २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो दिनदेखि दुई संस्थाको एकीकृत कारोबार शुरु गर्ने निर्णय गरेको हो ।यससँगै, एक आपसमा मर्ज भएका यी दुई संस्थाको एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुन लागेको हो । एक आपसमा मर्ज हुन गत साउन ३२ गते समझदारी गरेका यी दुई संस्थाले गत कात्तिक १९ गते नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति पाएका हुन् ।
त्यसपछि दुबै संस्थाको वार्षिक साधारणसभाले स्वीकृत गरी नेपाल राष्ट्र बैंकबाट गाभ्ने तथा गाभिने (मर्जर) का लागि गत फागुन २९ गते अन्तिम स्वीकृति पाएका थिए । त्यस्तै, कम्पनी राजिष्ट्रारको कार्यालयले फागुन २५ गते स्वीकृति दिएसँगै दुई संस्थाको एकीकृत कारोबारको मिति तय गरिएको हो ।स्वदेशी लघुवित्त वित्तीय संस्थाले विगत ७ वर्षदेखि वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ भने एनआईसी एशिया लघुवित्तले विगत ३ वर्षदेखि वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ ।
यसअघि एनआईसी एशिया लघुवित्तको अन्तिम कारोबार प्रतिकित्ता ७५९ रुपैयाँमा र स्वदेशी लघुवित्तको प्रतिकित्ता ८०० रुपैयाँमा भएको थियो ।
FACEBOOK COMMENTS