काठमाण्डौँ — एनआई सी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरु संचालन आएका छन् ।
नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ८ स्थित त्रिभुवन चोकको शाखा एनआइ सी एशिया बंैकका संचालक राजेन्द्र प्रसाद अर्याल तथा बैजनाथ गाउँपालिका वडा नं.६ स्थित सम्झना चोकको शाखा नेपाल राष्ट्र बैक, नेपालगञ्जका निर्देशक बिमल राज खनालले उद्घाटन गरे ।
यस बैंकले मुलुकभर २६१ शाखा कार्यालयहरु, २५३ एटिएम, २५ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरीरहेको छ ।