काठमाण्डौँ — एनआई सी एशिया बैंकले पछिल्लो समय महिलाहरूलाई उद्यमशील बनाउने योजना सार्वजनिक गरेको छ ।
बैंकले नेपालउद्यमशीलमहिलामहासंघसँग सहकार्य गरेर ‘उद्यमशील बचत खाता’ ल्याएको छ ।
सो सम्बन्धी सम्झौता पत्रमा एनआई सी एशिया बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डे र नेपाल उद्यमशील महिला महासंघको तर्फबाट महासंघकी अध्यक्ष देबिका बुढाथोकीद्वारा हस्ताक्षर भयो ।
उक्त सम्झौतासँगै अब महासंघको वार्षिक योजनामा परेका कार्यक्रमहरूमा आवश्यकता अनुसार महासंघका प्रतिनिधिहरूले उपलब्ध गराएको कागजात, कारोबार, मापदण्डलगायतका आधारमा बैंकले कर्जा प्रवाहगर्न सक्ने अवस्था रहेमा व्यक्तिगत कर्जा रू। २ लाखदेखि रू।१० लाखसम्म उद्यमशील प्राकृतिक ब्यक्तिकालागि उपलब्ध गराइने छ ।
यस सम्झौताले नेपाल सरकारले हालै कार्यान्वयनमा ल्याएको सहुलियतपुर्ण कर्जा योजनाकालागि पनि योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।
FACEBOOK COMMENTS