संवाददाताको सहयोगमा
१६ अगस्ट – केहि दिन यता युएई स्थित नेपाल एशोशिएसन (एनआरएनए) भित्र वितण्डा मच्चिएको छ । युएई स्थित एनआरएनए नेतृत्वको अकर्मन्यताका कारण सो घटना घटेको पुष्टि हुन आएको छ । हाल गैर आवाशीय नेपाली संघको अध्यक्षमा प्रकाश कोईराला छन्। उनको दोधारे र अस्पस्ट शैलीका कारण एनआरएन भित्र भाडभैलो सिर्जना हुन पुगेको छ । केही समय अघि मात्र संस्था भित्र अपारदर्शी तबरले गतिविधीहरु बढन थाले पछि केही सदस्यहरुले भित्र भित्रै अध्यक्षको कार्य शैली माथि प्रश्न उठाउदै सच्चिन दवाव दिन थालेका छन् । उक्त दवावलाई अहंकार अर्थात इगोको रुपमा ग्रहण गर्दै अध्यक्ष कोईराला झन झन उत्तेजित बन्न पुगे । विदेशी भुमीमा रहेर नेपालीले नेपालीलाई नै ठग्न खोज्ने साथै गुण्डा गर्दी देखाउदै कुटपिटमा उत्रने नेपाली विरुद्ध उजुरी लिन निर्देशन दिने अनि विवाद बढदै गए पछि पानी माथिको ओभानो बन्दै आफ्नो गल्ती ढाकछोप पार्न अरुलाई बलीको बोको बनाई उम्कन खोज्ने उनको प्रवृतीले वास्तवमै संस्थालाई धरासायी बनाउने निश्चित रहेको युएई-एनआरएनए सम्बद्धहरुको भनाइ छ ।
युएई एनआरएनमा वितण्डा, अध्यक्ष कोईरालाको खुराफात बाहिरियो
युएई बस्ने श्याम थापा भन्ने व्यक्तिले ९ महिना अघि टिकाराम बोहरा र मनोहर केसी सहित कुल ६३ जनालाई यू.के. पठाउछु भन्दै प्रति व्यक्त्ति ९ देखी १० लाख सम्म लिए । निज थापाले यस अवधीमा दुई जना र अन्य ६१ जनालाई यू.के. पठाउन नसके पछि कहिले युएइमै राम्रो जब दिलाउछु भन्ने त, कहिले नक्कली भिसा र अफर लेटर बनाएर देखाउन थाले पछि अधिकांशले ‘हामी घर जान्छौं, पासपोर्ट दिनुस’ भने । वेबाहारिसे जस्तै ठेगान नभए पछि उनीहरु मध्ये धेरैले स्वदेश नेपाल नै फर्काउन दलाललाई दवाव दिन थाले । तर दलाल थापाले उल्टै धम्की दिन थाले पछि पिडितहरु मध्ये टिकाराम बोहरा र मनोहर केसीले निज थापालाई कारबाही गरिपाउँ भनेर गत साउन २१, २०७७ तदनुसार ५ अगष्ट २०२० मा एनआरएनए केन्द्रीय समितिमा निवेदन दिएका थिए । एनआरएनए न्यायिक निकाय थिएन, यद्यपी सुरुवाती चरणमा सामाजिक रुपमा समस्या समाधान निकाल्ने मनशुवाका साथ ती दुई जना शरणमा आए । दुबईका क्षेत्रीय अध्यक्ष भिम मल्ल भएकाले उक्त मुद्धा वहाले हेर्नु भयो । सो उजुरी सम्बन्धमा केहि जानकारी आए पश्चात मल्लले अध्यक्ष कोईरालालाई तत्काल जानकारी दिए । कोईरालाले पनि ‘मध्यस्थता गर्नुस्’ भनेर निर्देश गरे । सोही निर्देशनका आधारमा मल्लले सहयोगी भूमिका निर्बाह गरिरहेको अबस्था थियो । यसै बिच दलाल भनिने श्याम थापालाई पिडित समुहले पक्रेको खबर मल्ललाई पिडित समुहले दियो । र सहयोगका लागि बोलाहट गरे । तर पीडित बीच नै लहैलहैमा विश्वास गरेर फस्न पुगेको भन्ने कुरा भनाभन भै आपसमा कुटाकुट हुँदा टिकाराम बोहरा र मनोहर केसी घाईते बन्न पुगेको तथ्य बाहिरिएको थियो ।
उक्त घटना घटाउन भिम मल्लको कुनै हात छैन भनेर पीडित टिकाराम बोहोराले उल्लेख गरेका पनि छन्।उनले मात्र मल्लको अगाडि घटना घटेको बताएका छन्। दलालसँग मिलेको हो भनेको होईन भन्ने कुरा स्पस्ट राखेको कुरा भिम मल्लको कमेण्ट पोस्टमा देख्न सकिन्छ ।
त्यसो त अध्यक्ष कोईराला स्वयंले भिमले पीडितहरुलाई सहयोग गर्दागर्दै बिचमा पीडित बिच लडाई भएको उल्लेख गर्दै भिम मल्ल निर्दोश रहेको बताई सकेको अवस्था थियो भने समाचार दुवै अध्यक्षलाई बदनाम गराउन लेखाईएको भनेर पोस्ट गरेका पनि थिए । तर एनआरएनए अध्यक्ष कोईरालाले छेपारोले रङ फेरे झै आफनै संस्थाका साथीहरु उपर हिलो छयाप्दै अनर्गल प्रचारको पछि लागेर कार्वाहीको नाटक मंचन गरे । जबकी त्यहि क्रममा मल्लको सकृय सहयोगका कारण पासपोर्ट हात पारि कुल १३ जना नेपालीहरु नेपाल फर्कन सफल भए ।
कोईराला त्यस घटनामा एनआरएनए जोडिन हुँदैनथ्यो भन्दै मल्ल लगायतको सामाजिक प्रतिस्ठा माथि आँच आउने गरि चलखेल गरे । आखिर कोईरालाको यस्तो हर्कतले संस्थालाई उल्टो बदनाम गराएको छ । जसले अरुको भलोका लागि काम गर्यो उसैको हुर्मत लिने अध्यक्षको कार्य शैलीको विरोधमा २ जना उपाध्यक्ष, २ जना सचिव र ३ जना केन्द्रीय सदस्यले तत्काल राजिनामा गरेका थिए । तर कोईरालाले सो दवावलाई हल्का रुपमा लिए र तत्कालै राजिनामा स्विकृति भएको व्यहोरा उल्लेख गर्दै सामाजिक संजाल मार्फत सार्वजनिक गरे । नेतृत्वको यस प्रकारको कार्य शैलीले संस्थालाई अधोगती तर्फ धकेल्ने भन्दै एनआरएनए भित्र उनको घोर विरोध भै रहेको छ । मुख्यत: झुठो आरोप लागेको अवगत भएता पनि सत्यतथ्य छानबिन गरेर बहिर ल्याउनुपर्नेमा बिधी बिधान नै तोडेर कारबाहीमा उत्रिदा कही यो नियत नै त थिएन? भन्न्ने शंका उत्पन्न भएको छ । किनकी उक्त कामको जानकारी अध्यक्ष कोईराला स्वयलाई गराएर वहाँकै निर्देशन पालना गर्न जाँदा पनि अध्यक्षले ढाटनु, कुरा फेर्नु र कारवाही प्रक्रिया अघि बढाउनु अनि निवदेकहरुले निवदेनमै श्याम थापाले, ‘मेरो पहुच एनआरएनएसंग छ’ भनेर उल्लेख गर्नुले यो घटना थप रहस्यमय हुन पुगेको छ ।
त्यसो त यता एनआरएनए आरसीसी अबुधाबीका अध्यक्ष विश्वदेब शाहले १६ अगष्टमा नेपाल एशोशिएसन गैर आवाशीय नेपाली संघ एनसीसी युएइका अध्यक्ष प्रकाश कोईरालालाई सम्वोधन गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। बिषयबस्तु प्रतिको गाम्भीर्यतालाई बेवास्ता गर्दै कोईरालाले कार्य समिति र बि ओ डि मा छलफल नगरी हतारमा एनसीसी उपाध्यक्ष नरेश सेन, आरसीसी अध्यक्ष भिम मल्ल र उपाध्यक्ष निराजन खत्रीलाई निलम्बन गरेकोमा आपत्ती जनाएका छन्। साथै उनले तिनै जना निर्दोश रहेको औल्याउदै उनीहरु उपर गरिएको निलम्बनको कार्वाही अबिलम्ब खारेजी गर्न माग राखेका छन्। । अन्यथा संस्थाको औचित्य समाप्त हुने देखिएकोले आरसीसी आबुधाबीले सामुहिक राजीनामा गर्ने पनि उनले उल्लेख गरेका छन्।
शाहको पत्रको पूर्ण पाठ
१६ अगष्ट २०२०
श्री प्रकाश कोईरालाज्यु,
अध्यक्ष- नेपाल एशोशिएसन गैर आवाशीय नेपाली संघ
एनसीसी युएइ
बोधार्थ- एनआर एनए आईसीसी,
नेपाल एशोशिएसन युएइ
बिषय:- गम्भीर ध्यानाकर्षण गराइएको बारे।
उपरोक्त सम्बन्धमा केहि दिनयता नेपाल एशोशिएसन गैर आवाशीय नेपाली संघले मानब तस्कर संरक्षण गरेको भन्दै सुनियोजित ढंगले संस्थाकै पदाधीकारी र संस्थाको बदनाम गर्ने गरी उज्यालो नेटवर्क र डि सी नेपालले समाचार बनाएकोमा खेद प्रकट गर्दछु। तपाईले बिषयबस्तु प्रतिको गाम्भीर्यतालाई बेवास्ता गर्दै हतारमा तपाईको कार्य समिति र बि ओ डि मा छलफल नगरी एनसीसी उपाध्यक्ष नरेश सेन, आरसीसी अध्यक्ष भिम मल्ल र उपाध्यक्ष निराजन खत्रीलाई निलम्बन गरेकोमा म एनसीसी र आइसीसीलाई दुखका साथ गम्भीर ध्यानाकर्षण गराउदछु। संघको मूल्य, मान्यतालाई कुल्चेर संस्थाका समर्पित साथीहरु र संस्थामाथीनै आँच आउने गरि कसैको दबाब र प्रभावमा गरिएका गतिबिधी अत्यन्तै निन्दनीय छन।
९ महिना अघि श्याम थापा भन्ने व्यक्तिले युके पठाउने भनेर ९ लाख लिएको अहिलेसम्म नपठाएपछि युएइमै राम्रो जब दिलाउछु भन्दै नक्कली भिसा र अफर लेटर बनाएको तर पिडितहरु घर जान्छौं पासपोर्ट दिनुस भन्दा उल्टै धम्की दिएकोले कारबाही गरिपाउँ भनेर २१ साउन २०७७ तदनुसार ५ अगष्ट २०२० मा दुवै क्षेत्रीय समितिमा टिकाराम बोहरा र मनोहर केसीको उजुरी आएपछि क्षेत्रीय अध्यक्ष भिम मल्लले तपाईलाई जानकारी गराएको र तपाईको निर्देशनमा मल्लले सहयोगी भूमिका निर्बाह गरिरहेको अबस्था थियो त्यहि क्रममा दलाल भनीने श्याम थापाको समुहले टिकाराम बोहरा र मनोहर केसीलाई एक्कासी पिटेको कुरा सबै सामु छर्लंगछ। कार्यसमितिमा छलफल नै नगरी केहि व्यक्तिहरुको उक्साहटमा लागेर भिम मल्ल र निराजन खत्रीलाई निलम्बन गर्नुभयो भने परामर्श नगरेर र एनआरएनएको लेटरहेड दुरुपयोग गरेर बिज्ञप्ति निकालेको भन्दै उपाध्यक्ष नरेश सेनलाई निलम्बन गर्ने धृष्टता गर्नुभयो। ततपश्चात उज्यालो नेटवर्क र डिसी नेपालमा हेडलाईनमा ‘मानव तस्करी र अख्तियारी दुरुपयोग आरोपमा एनआरएनए युएईका ३ पदाधीकारी निलम्बित’ भनेर आयो। के यसले हाम्रो संस्थाको धज्जी उडेकोछैन?
‘नेपालीका लागि नेपाली’ नाराको मर्म बिपरित भएन? साथै ग्रुपमा तपाई आफैले पनि भिम मल्ल निर्दोष छन भन्नुभएको रेकर्ड अझैछ। तपाइले निलम्बन गरेका साथीहरुलाई र राजिनामा गरेका साथीहरुलाई आफूबाट गल्ति भयो भन्दै निर्णय सच्याउनका निम्ति साहस देखाउन आग्रह गर्दछु। तपाईको निर्देशनमा भिम मल्लले काम गरेको हो। तपाइलेनै भिम मल्ललाई निलम्बित गरिसकेपछि नैतिकताको आधारमा तपाई पनि निलम्बित हुनुपर्छ भन्ने हाम्रो नैतिक निष्कर्ष हो। यसको यथाशिघ्र जबाफ दिनुहुन आग्रह गर्दछु। अन्यथा संस्थाको औचित्य समाप्त हुने देखिएकोले हामी आरसीसी आबुधाबीले सामुहिक राजीनामा गर्ने जानकारी गराउदछु, धन्यबाद।
बिश्वदेव शाह
अधक्ष
एनआरएनए आरसीसी अबुधाबी
घटनालाई तोडमोड गरि भ्रमको खेती गरिएको मल्लको दाबी
‘मानव तस्करको संरक्षणमा एनआरएन युएई’ भन्ने सिर्शकमा उज्यालो नेटवर्क लगायत अन्य अनलाईनमा समाचार प्रकाशन भए गराए पस्चात कोईरालाले तत्काल मल्ल र खत्री सहित नरेश सेनलाई निलम्बन गरेका छन् । त्यो पनि बिना कुनै स्पस्टिकरण । पूर्ण तया पुर्वाग्रही ढंगले प्रस्तुत हुँदै कोईरालाले मल्ल, खत्री र सेनसँग प्रतिसोध साधेको प्रस्ट हुन्छ । मल्ल र खत्रीको अघि टिकाराम बोहरा र मनोहर केसीले पिटाई खाएको घटनालाई एनआरएनएको संरक्षण भनिएको छ । जहाँसम्म कि भिम मल्लले उक्त घटना गराएको भन्ने हिसाबले अतिरंजित गर्न खोजिएको छ । पीडितहरुको साथ दिदै उनीहरुको मध्यस्थता गर्दा गर्दैको अवस्थामा पीडितको कुरामा लागेर आफु पनि फसेको भन्दै अर्को पीडितबाट नै हातपाइ भएको मल्लले बताएका छन् ।
मल्लले आफ्नो फेसबुक स्टाटसमा घटना विवरण बारे दिएको स्पस्टिकरण-
गत शुक्रबार बेलुका दुबई को बरदुबई मा जुन घटना घट्यो र त्यो घटनालाइ लिएर विभिन्न टीका टिप्पणीहरु भइरहेका छन, र वास्तविक कुरा नबुझी केही मिडियाहरुले आरोप लगाइराखेका छन। तर त्यो दिन के भएको हो भन्ने कुरा आज मैले स्पष्ट पार्न चाहन्छु।
गत शुक्रबार बेलुका राती 10 बजे पीडितहरुले मलाइ फोन गरे अनि भने – हामीले एजेन्ट स्याम थापालाई समातेर ल्याएका छौं तपाईं आउनुस र हाम्रो पासपोर्ट र हाम्रो फसेको पैसा को लागि कुरा गर्दिनुस भनिसकेपछि मैले (NRNA) यु.ए.ई. का केन्द्रिय अध्यक्ष प्रकाश कोइराला लाई यो कुरा जानकारी गराएँ र मैले प्रकाश कोइरालालाई भनेँ – प्रकाश सर मलाइ पीडितहरु ले न्याय दिलाइदिनुस, हामिले एजेन्टलाई समातेर ल्याएका छौँ हजुर आएर मिलाइदिनु पर्यो भनेका छन ल भन्नुस म के गरौं भनेर केन्द्रिय अध्यक्ष प्रकाश् कोइराला लाई जानकारी गराइसकेपछी प्रकाश् कोइराला ले हुन्छ जानुस पहिले कुरा बुझ्नुस अनि पीडितहरु को पासपोर्ट फिर्ता गराउनुस र एजेन्ट को पनि पासपोर्ट राख्नुस भनिसकेपछि म र निराजन खत्री भएर घटना स्थल मा गयौं।
त्यहाँ जाँदाखेरी २० जना पीडितहरु र एजेन्ट स्याम थापा बसिरहेका थिए अनि मैले के भएको हो कति पैसा लिएको भनेर एजेन्टलाई सोधपुछ गर्दै जाँदा लगभग ६३ जना नेपालीहरु लाई यु.के. पठाँउछु भन्दै एकजना बराबर ९ लाखको दरले स्याम थापाले पैसा लिएको पीडितहरुले बताए र अहिलेको यस्तो अबस्थामा यु.के लैजान नसक्ने बरु यहि दुबईमा राम्रो काम लगाइदिन्छु भनेर नक्कली भिसा, नक्कली जब अफर लेटर दिएको रहेछ र काम लगाउने भन्दै आफू सम्पर्कबिहिन हुँदै जाँदा त्यो दिन २० जना जतिको पासपोर्ट मैले त्यो एजेन्ट स्याम थापाबाट फिर्ता गराइदिँए ! र यो कुरा पनि मैले त्यति बेला घटना स्थल बाट केन्द्रिय अध्यक्ष प्रकाश कोइराला लाई जानकारी पनि गराएको थिएँ। म आज मेरो नाम र सामाजिक सँस्था (NRNA) लाई जोडेर जुन मिडियाले हामी लाई जुन दलाल सङ्ग मिलेको आरोप लगाएको छ त्यो शतप्रतिसत गलत छ। किन कि वास्तविक कुरा के हो भनेर नबुझिकन यसरी लेख्नु गलत छ। कसैको मनोभावनामा बगेर कसैको व्यक्तिगत जीवन मा आँच आउने अभिव्यक्ति आउनु राम्रो होइन किन कि हामि सबै सङ्ग ब्यक्ति, परिवार, समाज र रास्ट्र छ। सबैको ईज्जत् हुन्छ। तर यो घटनामा मलाइ स्वयं एजेन्ट सङ्ग मिल्यो, संरक्षण गर्यो भन्ने जुन आरोप आएको छ यो सरासर गलत र खेद्पुर्ण छ। जुन दिन त्यो घटना भयो त्यो नहुनु पर्ने थियो यो घटना हुदाँ म आफू पनि अति नै दुखी छु किन कि मैले आजसम्म जहिले पनि न्यायको लागि लडिरहने ब्यक्ति हुँ। हरेक घटना घट्नु को पनि कारण हुन्छ र म स्यम घटना स्थलमा भएको कारण ले र मैले बुझेको कुरा भन्नू पर्दा जुन स्याम थापा एजेन्ट छ त्यस्ले मनोहर के सि र टीकाराम बोहोरा लाई पनि पीडित बनाएको रहेछ र अहिले आएका नयाँ पीडितहरुलाई स्याम थापाको कम्पनी मा राम्रो छ आउनुस हामिले पनि काम गरिरहेका छौँ तलब पनि पाइराखेका छौं तपाईंहरु ढुक्क भएर आउँदा हुन्छ भनेर मनोहर केसिले अहिले का नयाँ पिडितहरुलाई भनेको हुँदा आपसमा पिडित पिडित झगडा भएको थियो झुठो बोलेको कारणले रिस र आवेश मा आएर पीडित पीडित बिच हातापाइ भएको हो । जुन नहुनु पर्ने थियो ।
हातपा भैसकेपछि हामिले छुट्टाँयौँ र नेपाली नेपाली बिच यस्तो लडाइँ झगडा गर्नु हुँदैन भनेर सम्झायौँ र मैले भनेको यहि हो कि तपाईंहरु दुबै पक्ष पीडित नै हो मिल्नुस सके सम्म भनेको हो मैले अनि मनोहर केसि र टीकाराम बोहोरा ले नमिल्ने भने पछि मैले भनेँ न मिल्ने हो भने ठिकै छ पुलिस बोलाउनुस भनेर त्यति भन्दै गर्दा पुलिसको गाडी र एम्बुलेन्स सङ्गै आयो त्यो आउनु भन्दा अगाडि नै झगडा हुँदै गर्दा त्यो स्याम थापा एजेन्ट पनि भागिसकेको थियो र पिटने ब्यक्तिहरु पनि पुलिस आउनु भन्दा अगाडी नै निस्किसकेको थिए । अन्तिममा स्वम म र निराजन खत्री अन्तिम समयसम्म बसेर स्थानीय प्रशासन सङ्ग त्यहाँ भएको घटनाको वास्तबिकता बतायौँ । त्यसपछि टीकाराम बोहोरालाइ जुन चोट लागेको थियो एम्बुलेन्सले हल्का ट्रिटमेन्ट गरेर तिमी आफै हस्पिटल जाउ भन्यो र यदि आफू आफू मिले ठिक छ यदि पुलिस केश गर्ने हो भने हस्पिटल को पत्र लिएर आउ भोलि भनेर पुलिस र एम्बुलेन्स गयो । र पीडितले हस्पिटल लग्नु भन्दै हुनुहुन्थ्यो तर त्यो दिन मैले गाडी नलगी गएको हुदा उहाँ कै साथी एनआरएनए युएईकै सदस्य सुजन सापकोटालाई हस्पिटल लान आग्रह गरेको थिए । हामी पनि आफ्नो रुम तिर लाग्यौं। तर अर्को दिन उज्यालो नेट्वोर्क ले जुन समाचार लेख्यो त्यो के कुरा को आधार मा लेख्यो? स्याम थापा त्यो दलाल सङ्ग त्यहि दिन मात्र पीडित लाई न्याय दिन जाँदा भेट् भएको हो न त उसको नाम कहिले सुनेको थिएँ नत कहिले भेटेको थिएँ । तर म माथी अनेक आरोप लगाइएको छ यो सबै झुठो हो । मेरो अगाडी कुटपिट नहुनु पर्ने जुन अप्रिय घटना घट्यो यसमा मेरो पनि घोर आपती छ किनकि हामी सबै आफ्नो इच्छा आकाङ्क्षा चाहाना र सपना पूरा गर्न को लागि आएको हौँ । एकले अर्को लाई साथ् दिएर हामी सबै अगाडि बढनु ले नै सबै को भलाइ हुन्छ। पैसा को लागि लोभ लालच मा परेर एजेन्टको मनोभावना मा बगेर सरकार को अनुमति बिना पनि न आउनको लागि अनुरोध गर्दछु । र अर्को कुरा म (NRNA RCC) दुबई अध्यक्ष म भिम मल्ल र उपाध्यक्ष निराजन खत्री यो घटना को कारण ले निलम्बन मा परेको छौँ स्पष्ट कुरा र कारण नबुझि नियम र कानुन र विधि नपुर्याइ किन निलम्बन गरियो?
ताकी यो घटना को सम्पुर्ण जानकारी म दुबई क्षेत्रिय अध्यक्ष भएको नाताले केन्द्रिय अध्यक्ष प्रकाश् कोईरालालाई जानकारी गराएको थिएँ तर सम्पुर्ण कुरा नबुझी यो केस लाई राजनितिकरण गराइयो र ब्यक्तिगत दुस्मनी गर्न खोजेर मेरो इज्जत माथी धक्का लगाउने काम गरियो यसको कारण के? प्रकाश कोईराला ज्यु ले स्पष्टीकरण दिनु पर्ने छ आजसम्म कसैको नराम्रो गर्नु परेको छैन र गर्नु पनि नपरोस म जहिले न्याय र सत्य को पक्ष मा उभिने ब्यक्ति हो। पद पाउनु मात्र ठुलो कुरा होइन जिम्मेवारी सबै ले पाँउछन् तर जस्ले न्याय र सत्य को पक्ष मा ओकालत गर्छ सत्यको जित जहिले पनि हुन्छ। सत्य कहिल्यै पनि मर्दैन। म हिजो पनि पीडितहरुको पक्षमा थिएँ आज पनि छु र भोलि पनि पीडितहरु को पक्ष मा नै हुनेछु। र दुख परेको नेपाली दाजुभाइ दिदिबहिनीलाई मेरो साथ सधै भइरहने छ र आवाजबिहिन हरु को आवाज बनेर आगामी दिनमा सधै तपाईं हरु सङ्गै हुनेछु। धन्यवाद।
भिम मल्ल
FACEBOOK COMMENTS