काठमाण्डौँ — गैरआवासीय नेपाली संघ एनआरएनले नेपाल प्रवर्द्धन वर्ष २०१९ मनाउने भएको छ।
त्यसका लागि गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको अध्यक्षतामा र सह कोषाध्यक्ष सोमनाथ सापकोटाको संयोजकत्वमा २ सय १३ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ।
यसै समितिको अगुवाईमा अन्य राष्ट्रिय समन्वय परिषद सम्मिलित उपसमिति समेत बनाउने तयारी भइरहेको एनआरएनले जनाएको छ।
सरकारले थालेको अभियानलाई निरन्तरता दिँदै डायस्पोराले समेत अभियानलाई सफल पार्न नेपाल पर्यटन प्रवर्द्धन वर्षको थालनी गर्न लागेको छ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS