काठमाडौं, फागुन १० –एनएमबि बैंकले दमककाे नमुना कृषि बजारमा क्युआर मार्फत नगदरहित भुक्तानी सुरु गरेकाे छ ।बैंकले नगदरहित कारोबारलाई प्रवर्धन गर्ने उद्देश्य सहित दमकमा क्युआर काेड मार्फत भुक्तानी सुरु गरेकाे जनाएकाे छ । बैंकले साेमबार एक कार्यक्रम गर्दै नमुना कृषि बजारलाई क्युआर काेड हस्तान्तरण गरेकाे हाे ।
बैंकले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगद रहित कारोवार प्रवर्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्युआर कोड मार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ्ग तर्फ प्रोत्साहन गर्ने प्रयास रहेको बैंकले जनाएकाे छ ।