काठमाण्डौँ – एनएमबि बैंकले आ.व. ०७५र७६ को पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ ।
यस त्रैमासमा बैंकले ५५.०५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
उक्त वित्तीय विवरण अनुसार हाल बैंकको निक्षेप ८५.८३ अर्ब पुगेको छ भने कर्जा ८२.७८ अर्ब पुगेको छ ।
उपरोक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिको तुलनामा निक्षेपमा १३.८ अर्ब तथा कर्जामा १९.३ अर्ब बृद्धि भएको छ भने यस त्रैमासमा बचत निक्षेपमा २.२४ अर्बले बृद्धि भएको छ ।
एनएमबि बैंकले विदेशी संस्था आइएफसीबाट अमेरीकी डलर १ करोड ५० लाखको कर्जा लिन सफल हुने पहिलो र हालसम्मकै एकमात्र बैंक भएको छ ।
हाल एनएमबि बैंकको ११० वटा शाखा, ४ वटा एक्सटेन्सन काउण्टर र ९७ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS