काठमाडौं, पुस २० – एनएमबि बैंकले उर्जा ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । जसमध्ये ६ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिनेछ ।
बाँकी ९ लाख कित्ता बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । एनएमबिले १५ वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो । यसमा वार्षिक ४% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । धितोपत्र बोर्डको अनुमति पाएपछि ऋणपत्र जारी हुनेछ । यसमा हिमालयन क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
FACEBOOK COMMENTS