काठमाडौं, पुष ९ – नेपाल क्लियरिङ हाउस (एनसिएचएल) साउथ एसियन फेडेरेसन अफ अकाउन्ट्यान्स अवार्डस् (सफा) २०१९ बाट सम्मानित भएको छ।
सार्वजनिक क्षेत्रको विधा अन्तर्गत सर्वश्रेष्ठ प्रस्तुत वार्षिक प्रतिवेदनमा दोस्रो रनर अपको रूपमा एनसिएचएल सम्मानित भएको हो।
एनसीएचएलले आ.व २०७५/७६ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदन र यसको वित्तीय र कर्पोरेट गभर्नन्ससँग सम्बन्धित मूल्याङ्कनको आधारमा सो पुरष्कार प्रदान गरिएको हो। उक्त पुरस्कार बुधबार सफद्वारा हस्तान्तरण गरिएको थियो। जुन श्रीलंकाको इन्स्टिच्युट अफ चार्टर्ड एकाउटेन्ट्स (सीए श्रीलंका) द्वारा आयोजित भर्चुअल कार्यक्रममा हस्ताक्षर गरिएको थियो।
FACEBOOK COMMENTS