काठमाडौँ, श्रावण २२ – एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृत(सीइओ)मा रमेशराज अर्यालको कार्यकाल थप भएको छ । असोज १ गते उनको पहिलो कार्यकाल सकिदै थियो ।
गत सोमबार जनै पूर्णिमाको दिन बसेको सञ्चालक समिति बैठकले अर्याललाई अर्को चार वर्षका लागि सीइओमा निरन्तरता दिने निर्णय गरेको हो ।
अर्याल २०७३ असोज १ गते उक्त बैंकको सीइओमा नियुक्त भएका थिए । उनी २०७२ पुस १४ गतेदेखि उक्त बैंकको कामु प्रमुख कार्यकारी अधिकृतका पदमा कार्यरत थिए ।
उनी सोही बैंकमा विगत २४ वर्षदेखि कार्यरत छन् । औपचारिक अध्ययनतर्फ एमबीए गरेका अर्यालले एनसीसी बैंकमा फाइनान्स, आन्तरिक लेखापरिक्षण, मानव संशाधन विभागका साथै लामो अवधि कम्पनी सचिवको जिम्मेवारी समेत समालेका थिए । उनले करिव साढे ६ वर्ष तत्कालिन ग्रिनलेज बैंक (हाल स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल)मा काम गरेको थिए ।
FACEBOOK COMMENTS