काठमाण्डौं — एनसेल प्राइभेट लिमिटेडले ‘रिचार्ज एन्ड विन’ अफर ल्याएको छ ।
एनसेलका १० भाग्यशाली ग्राहकले हरेक हप्ता जनही १ लाख नगद पुरस्कार प्राप्त गर्ने यो अफर नजिकिँदै गरेको चाडपर्वको अवसर पारेर ल्याएको हो ।
अफर भदौ १७ गतेदेखि लागू भई १० हप्तासम्म सञ्चालनमा रहने कम्पनीले जनाएको छ ।
साप्ताहिक चक्रमा सञ्चालन हुने योजना प्रत्येक आइतबार सुरु भई शनिबार सकिनेछ ।
योजनामा साताभर १ सय रुपैयाँ वा सोभन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले भाग लिई आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् ।
ग्राहकले प्रत्येक १ सय रुपैयाँबराबरको रिचार्जका लागि एसएमएसमार्फत एउटा कोड प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
सोही कोडलाई लक्की ड्रमा समावेश गरिने जनाइएको छ ।
प्रत्येक मंगलबार विजेता चयन गर्ने र बिहीबार नगद पुरस्कार हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।
— नयाँ पत्रिका
FACEBOOK COMMENTS