काठमाडौं– सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक एनसेल बिक्रीको लाभकर निर्धारण विवादको पेशी भदौ ५ गते तोकोको छ ।
सर्वोच्च अदालतमा बिहिवार न्यायाधीश तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बर बहादुर शाही, सुष्मालता माथेमा र डा. मनोजकुमार शर्माको पूर्ण इजलासले आगामी भदौ ५ गतेलाई निर्णय सुनाउने मिति तोकेको हो ।
गत माघ २४ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहितको बृहत् पूर्ण इजलासको आदेश अनुसार ठूला करदाता कार्यालयले एनसेलमाथि ६२ अर्ब अर्ब ६३ करोड रुपैयाँ कर निर्धारण गरेको थियो।
एनसेलले कर निर्धारणविरुद्ध वैशाख ९ गते सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। सर्वोच्च अदालतले पेशी तोक्दै तयारी नपुगेको भन्दै मिती सार्दै आएको छ ।
कतिपय सामाजिक अगुवाहरुले सर्वोच्चले गर्ने फैसला देशको हितमा हुन्छ की हुँदैन भन्ने प्रश्न गरेका छन् ।
FACEBOOK COMMENTS