काठमाडौं । एनसेलको सेवा भोली शुक्रबार तीन घन्टा सेवा अवरुद्ध हुने भएको छ ।
कम्पनीले गराएको जानकारी अनुसार आफ्नो नियमित सुधार प्रक्रिया अन्तर्गत शुक्रबार बिहान १ देखि ४ बजेसम्म प्राविधिक कार्य गर्ने तालिका रहेकाले सो अवधिमा सेवा अवरुद्ध हुने जनाएको छ ।
उक्त अवधिमा रिचार्ज, प्याक÷सेवा सुचारुका साथै एनसेल एप, च्याट, कोडहरु र वेबसाइटमार्फत उपलब्ध हुने सेवाहरु अवरुद्ध रहने जानकारी गराएको छ ।
FACEBOOK COMMENTS