काठमाडौं – एनसेलको पुँजीगत लाभकर सम्बन्धी सर्वोच्च अदालतको फैसला विरुद्ध पुनरावलोकनमा जान सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेकपा संसदीय दलका प्रमुख सचेतक तथा पूर्वकानुनमन्त्री गुरुङले प्रतिनिधिसभाको आइतबारको बैठकमा सर्बोच्चको पछिल्लो आदेश बेठीक रहेकाले त्यसलाई सच्याउन आवश्यक रहेको बताएका हुन् ।
उनले राज्यलाई अर्बौ रुपैयाँ घाटा पर्ने भन्दै सर्वोच्च अदालतको पूर्ण इजलासमा पुनरावलोकनका लागि सरकार जानुपर्ने बताए ।
FACEBOOK COMMENTS