कार्तिक २३, काठमाडौँ – एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत हाल कोरोनाभाइरसको संक्रमण बढिरहेका बेलामा यसबाट बच्नका लागि आम जनमानसमा जनसचेतना फैलाउने कार्यमा केन्द्रित हुँदै विभिन्न अभियान संचालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ नेपालसँग सहकार्य गरेको छ ।
कोरोनाभाइरससम्बन्धी जनसचेतना अभिवृद्धिको यस अभियानमा नेपाल सरकारद्वारा प्रमाणित तथा सिफारिस गरिएको कोरोनाभाइरसबाट बच्न र बचाउन अपनाउनुपर्ने तीन मुख्य उपायहरु-व्यक्ति व्यक्तिबीच कम्तीमा दुई मिटर दूरी कायम गर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्ने र बेलाबेलामा साबुनपानीले मिचिमिची कम्तीमा २० सेकेण्डसम्म हात धुने सन्देशलाई व्यापकरुपमा फैलाईएको छ ।
यस अभियान अन्तर्गत एनसेलले मास्कको सही प्रयोग, मास्क कसरी लगाउने, कस्तो किसिमको मास्क प्रयोग गर्ने भन्ने लगायतका विभिन्न जान्नै पर्ने जानकारीहरु समावेश गरी कोरोनाभाइरसको संक्रमणबाट बच्न र बचाउन जनचेतना जगाउने कार्य गरिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड विरुद्धको यस सहकार्यका बारेमा धारणा राख्दै भने, “पुरै विश्वनै यस स्वास्थ्य संकटको विशम परिस्थितीबाट गुज्रिरहेको अवस्थामा, जनस्वास्थ्य सम्बन्धी जनसचेतनामुलक कार्यहरुले प्रमुख भुमिका राख्दछ । कोरोना महामारीको संक्रमण फैलिरहेको बेलामा यसको नियन्त्रण तथा रोकथामको लागि एनसेलले जनस्वास्थ्य सम्बन्धी जनचेतना फैलाउन पुर्याएको सहयोगको हामी सरह्ना गर्दछौं । कोरोनाभाइरस महामारीको प्रतिकार्यका लागि पुरा विश्वमा नै सरकारहरु, एनसेल जस्ता निजी क्षेत्रहरु र युनिसेफ जस्ता संस्थाहरु एकजुट भई यसको रोकथामको लागि कार्यहरु गरिरहेका छन् । हालको अवस्थामा कोरोना प्रतिकार्यका लागि नयाँ समाधान र विशेषज्ञताका साथ डटेर लड्न यस किसिमको सहकार्य अपरिहार्य छ ।”
FACEBOOK COMMENTS