काठमाडौं, वैशाख १० । लैनचोरको मैदानमा एनसेलले हरित उद्यान निर्माण गर्ने भएको छ । एनसेलले व्यवसायीक सामाजिक उत्तरदायित्व अन्तर्गत खेल मैदानसहितको हरित उद्यान बनाउने भएको हो ।
मैदानमा बन्न लागेको उद्यानमा मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, खुला जिमखाना र बालबालिकाका लागि खेल्ने स्थान बनाइने छ । उद्यानको क्षेत्रफल ५४ हजार ९२१ वर्गफिट क्षेत्रफलको छ ।
जग्गा खाली गर्ने कार्य सम्पन्न गरी हाल उद्यान निर्माणका लागि मैदान उत्खननको कार्य भइरहेको एनसेलले जनाएको छ। उद्यानमा परम्परागत ढुङ्गेधारा, पार्किङ, शौचालय र सोलार बत्ति रहने बताइएको छ।
ुसामाजिक आर्थिक विकासमा योगदान पुर्याउँदै तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै हामीले हाम्रो व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएका छौं। यो पहलले स्वस्थ वातावरण निर्माण गर्दै वातावरण र पर्यावरण सम्बन्धी लक्ष्य प्राप्तिमा योगदान पुर्याउने छ।
एनसेलले विभिन्न सामाजिक पहल अन्तर्गत आफ्नो स्थापनाकालदेखि स्वास्थ्य, शिक्षा, वातावरण, प्रकोप रोकथाम तथा प्रतिकार्य र जिविकोपार्जनमा सहयोग लगायतका विभिन्न क्षेत्रमा एक अर्ब २७ करोड रुपैयाँभन्दा बढीको योगदान गरिसकेको जनाएको छ।
वातावरण संरक्षण अन्तर्गत एनसेलले वन तथा भु–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वरदेखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्ने काम गरिरहेको छ। यसअघि एनसेलले धनुषाधाम संरक्षित वनको ३३ हेक्टर जमिनमा ५० हजार बोटबिरुवा वृक्षारोपण गरेको थियो।
FACEBOOK COMMENTS